+
+
Shares

सार्वजनिक सवारी भाडा दर : कुन गन्तव्य पुग्न कति ?

आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले दसैं लक्षित अग्रिम बुकिङ खुला भएसँगै सार्वजनिक यातायातको पछिल्लो भाडा दर सार्वजनिक गरेको छ ।
  • १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो भने १२ वैशाखमा भाडा उल्लेख्य बढेको थियो ।
  • विद्युतीय सवारीसाधनका हकमा २०८१ सालमा तोकिएको भाडा दर नै कायम रहनेछ ।

२३ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर सार्वजनिक गरेको छ । यसअघि १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो ।

आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत सार्वजनिक गरेको छ । तर, विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने यो सूचीभन्दा पनि अघिल्लो पटक २०८१ सालमा तोकिएको भाडा दर नै कायम छ ।

सोहीकारण ईभीले डिजेल वा पेट्राल सवारीसाधन बराबर भाडा लिन पाउने छैनन् । सरकारले यस वर्ष दुई पटक भाडा समायोजन गरिसकेको छ । जसमध्ये १२ वैशाखमा भाडा उल्लेख्य बढेको थियो ।

इन्धन मूल्य घटेपछि १८ असारमा भने २ प्रतिशतका दरले भाडा घटाएर नयाँ मूल्य समायोजन गरिएको थियो । सोही दर आज विभागले सार्वजनिक गरेको हो ।

यस्तो छ अन्तरप्रदेश भाडादर

यस्तो छ २०८१ सालमा तोकिएको भाडा दर, जुन ईभीको हकमा लागु हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?