+
+
Shares
बूढीगण्डकी बाढी :

सडक विभागले भन्यो- सोती खोला पुल पूर्ण रूपमा र आरुघाटको २२ मिटर आरसीसी भाग बगायो

सडक विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ११:२२

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाका दुई पुलमा क्षति पुर्‍याएको छ।

सडक विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ।

त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी भाग बाढीले बगाएको छ। कुल ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको उक्त पुलको ट्रस भाग भने बाँकी देखिएको छ।

बाँकी रहेको ट्रस संरचनामा बेली ब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।

पुलको अवस्थाबारे विस्तृत प्राविधिक मूल्यांकन गर्ने काम भइरहेको विभागको भनाइ छ ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण प्राविधिक मूल्यांकनपछि स्पष्ट हुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?