+
+
Shares

देउवाद्वारा बूढीगण्डकी बाढीले पारेको असरप्रति दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १०:५७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी नदीको बाढीले गोरखाका बस्तीमा पारेको असरप्रति दुःख व्यक्त गरेका छन् ।
  • देउवाले 'बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।' भनेका छन् ।
  • उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कांग्रेस पंक्तिलाई अनुरोध गरेका छन् ।

२५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’

नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवाले विपद्को समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?