+
+
Shares

सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले मंगलबार उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सीजी इम्पेक्स सम्मानित भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर उत्कृष्ट करदाता सम्मानित भएको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे ।
  • सीजीको लगानी रहेको नबिल बैंकिङ क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर उत्कृष्ट करदाता बनेको छ ।

१ मंसिर, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट उत्कृष्ट करादाताका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले मंगलबार उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सीजी इम्पेक्स सम्मानित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे ।

त्यसैगरी सीजीकै लगानी रहेको प्रमुख वाणिज्य बैंक नबिल बैंकिङ क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर उत्कृष्ट करदाता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?