+
+
Shares

जरिबानाले थिचिएका करदातालाई सरकारले ठूलो आँट गरेर स्किम ल्याएको छ, लाभ उठाउनुस् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाबाट थिचिएका करदातालाई सरकारले ठूलो आट गरेर ल्याएको स्किमबाट फाइदा उठाउन आग्रह गरे।
  • उनले राष्ट्रिय कर दिवसका कार्यक्रममा बजेटका यस्ता स्किमको चर्चा र प्रचार हुन नसकेको गुनासो गर्दै खर्बौंको विवाद सल्ट्याउन यो ठूलो अवसर भएको बताए।
  • वाग्लेले कात्तिकसम्म भन्सारले राजस्व लक्ष्य पूरा गरेको जानकारी दिँदै इमानदार करदातालाई दुःख नदिन सरकार स्पष्ट रहेको बताए।

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बजेट मार्फत ल्याएका यस्ता स्किमको चर्चा र प्रचार नै हुन नसकेको गुनासो समेत गरे ।

इमानदारीपूर्वक सरकारले ठूलो आट गरेर यस्तो स्किम ल्याएको बताउँदै उनले भने, ‘हामीमा इमान नभएसम्म सरकारले यति बोल्ड निर्णय गर्नै सक्दैन, खर्बौंको विवाद सल्ट्याउन यो ठूलो अवसर हो ।’

अहिले लगानीका लागि पर्याप्त अवसर रहेको भन्दै मन्त्री वाग्लेले यस्तो अवस्थामा पनि लगानी नहुनेको निजी क्षेत्रतर्फ पनि प्रश्न उठ्ने बताए ।

विविध प्रतिकुलताका बिच कात्तिकसम्म भन्सारले राजस्व लक्ष्य पुरा गरेको जानकारी पनि उनले दिए । यो वर्ष महत्वाकांक्षी लक्ष्य राखिएको र गुड गभर्नेन्सका माध्यमबाट यो पुरा गरिने उनले बताए । अब आफैं फिल्डमा खटिएर काममा लाग्ने जानकारी उनले गराए ।

राजस्व प्रशासनले इमानदार करदातालाई दुःख दिनु हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?