+
+
Shares

निजगढ विमानस्थल जस्ता ठूला पूर्वाधारमा निजी लगानीबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्रीसँगको भेटमा उद्योगपति विनोद चौधरी, आईएमई ग्रुप अध्यक्ष चन्द्र ढकाल, पूर्वराज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानीबारे उद्योगपतिसँग छलफल गरे ।
  • छलफलमा शाहले लगानी भित्र्याउन राज्यले कसरी सहजीकरण गर्न सक्छ भन्ने चासो राखे र अप्ठ्यारा कानुन परिवर्तन गरेर भए पनि सहयोग गर्ने आश्वासन दिए ।
  • आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार पौने दुई घण्टा चलेको छलफलमा प्रधानमन्त्रीले ठूला आयोजनामा निजी क्षेत्रको लगानी र रोजगारी सम्भावनामा जोड दिए ।

२६ भदौ, काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला र रणनीतिक पूर्वाधारमा निजी क्षेत्रले गर्न सक्ने लगानीबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् ।

आज प्रधानमन्त्रीले नेपालका उद्योगपतिहरूसँग यसबारे छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल जस्ता ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्नेबारे चासो राखेका थिए ।

छलफलमा सहभागी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार आज प्रधानमन्त्री र व्यवसायबीच निकै सकारात्मक हिसाबमा पौने दुई घण्टा छलफल भएको छ ।

प्रधानमन्त्रीले लगानी भित्र्याउने सन्दर्भमा राज्यले कसरी सहजीकरण गर्न सक्छ भन्नेबारे चासो राखेका थिए । अप्ठ्यारा कानुनहरू परिवर्तन गरेर भए पनि सरकारले सहजीकरण गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको ढकालले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूको प्राथमिकता ठूला आयोजनामा निजी क्षेत्रको लगानी र स्वदेशमा अधिकतम रोजगारी सिर्जना गर्न सकिने सम्भावनामा केन्द्रित थियो,’ ढकालले भने, ‘आज निकै सकारात्मक कुराकानी भयो ।’

सोही छलफलमा सहभागी गोल्यान ग्रुपका संस्थापक पवन गोल्यानका अनुसार प्रधानमन्त्री शाहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न निजी क्षेत्रले सक्छ कि सक्दैन भनेर जिज्ञासा राखेका थिए ।

‘प्रधानमन्त्रीज्यूले निजी क्षेत्रले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छ कि सक्दैन भनेर सोध्नुभयो,’ गोल्यानले भने, ‘हामीले निजी क्षेत्र मिलेर गर्‍यो भने सक्छौं भन्यौं ।’

प्रधानमन्त्रीले लगातार पौने दुई घण्टा आफूहरूको कुरा सुनेको र बीचबीचमा ‘क्रस कोइसन’ गरेको गोल्यानले बताए । ‘उहाँले ध्यान दिएर चासोसाथ कुरा सुन्नुभएको देख्दा हामी निजी क्षेत्र उत्साहित छौं,’ गोल्यानले भने ।

प्रधानमन्त्रीसँगको भेटमा उद्योगपति विनोद चौधरी, आईएमई ग्रुप अध्यक्ष ढकाल, पूर्वराज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी गोल्यान सहभागी थिए ।

सांसद एवं व्यवसायी विदुषी राणाले सहजीकरण गरेको भेटमा व्यवसायी मीनबहादुर गुरुङलाई आमन्त्रण गरिए पनि स्वास्थ्यका कारण उनी उपस्थित थिएनन् ।

विनाेद चाैधरी
चन्द्र ढकाल
पवन गाेल्यान
उमेर श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?