+
+
Shares

ग्रामीण क्षेत्रको शिक्षालाई सघाउन ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा शनिबार ‘प्रेसिडेन्सियल रन फर कज’ अन्तर्गत ५ किलोमिटर दौड सम्पन्न भयो।
  • करिब ७७५ जनाको सहभागितामा भएको दौडको दर्ता शुल्कबाट संकलित रकम सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीका शैक्षिक सामग्रीका लागि उपयोग गरिनेछ।
  • स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ योगदान गर्ने घोषणा गर्दै बाढी तथा विपद्बाट प्रभावित समुदायप्रति सहयोगका लागि क्यूआर कोड राखेको थियो।

२८ भदौ, काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा शनिबार ‘प्रेसिडेन्सियल रन फर कज’ अन्तर्गत ५ किलोमिटर दौड सम्पन्न भएको छ।

करिब ७७५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको उद्देश्य स्वास्थ्य र सामुदायिक सहभागितामा मात्र सीमित नभई ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा सहयोग पुर्‍याउनुका साथै हालैको बाढी तथा विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु रहेको थियो।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलबाट सुरु भई सोही स्थानमा समापन भएको दौडमा सहभागीहरूले शारीरिक तन्दुरुस्ती, सामुदायिक भावना र सामाजिक उत्तरदायित्वलाई एउटै साझा उद्देश्यका रूपमा अघि बढाएका थिए।

प्रति सहभागी ३९९ रुपैयाँ निर्धारण गरिएको दर्ता शुल्कबाट संकलित सम्पूर्ण रकम दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२, साँखुस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा स्रोत–साधन उपलब्ध गराउन उपयोग गरिने स्कुलले जनाएको छ।

दौडमार्फत संकलित रकमका अतिरिक्त हालैको बाढी तथा विपद्बाट प्रभावित समुदायलाई थप सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमस्थलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने क्यूआर कोडसमेत राखिएको थियो।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले उक्त कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको थियो। सहभागी, शुभेच्छुक तथा सम्पूर्ण समुदायलाई आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्न आह्वानसमेत गरिएको थियो।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका अध्यक्ष लक्ष्मण केसीले ‘प्रेसिडेन्सियल रन फर कज’ ५ किलोमिटरको दौडमा मात्र सीमित नभएको बताए।

‘हालैको बाढी तथा विपद्बाट कठिन परिस्थितिको सामना गरिरहेका विद्यार्थी र समुदायप्रति हाम्रो सामूहिक ऐक्यबद्धताको अभिव्यक्ति हो। शिक्षण संस्थाको जिम्मेवारी कक्षाकोठाभित्रको पठन–पाठनमा मात्र सीमित हुँदैन भन्ने हाम्रो विश्वास छ। हाम्रा विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समुदायलाई एकजुट गर्दै समाजका लागि अर्थपूर्ण योगदान गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भने।

यस पहलले प्रेसिडेन्सियल ग्राजुएट स्कुलको सामाजिक उत्तरदायित्व, सामुदायिक सहभागिता तथा दिगो सामाजिक प्रभावप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको स्कुलले जनाएको छ। संस्थाले समाजमा योगदान पुर्‍याउने, वातावरण संरक्षण गर्ने तथा समुदायको हितमा काम गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा वातावरणीय पहल सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?