+
+
Shares

भरतपुरमा ५ करोड लगानीमा खुल्यो ‘चितोन स्पाइसी हर्ब’

लामो समयसम्म जापानमा बसेर होटल व्यवसायको क्षेत्रमा काम गरेका प्रकाश आचार्य र उनका दाजु चिरञ्जीवी आचार्यले भरतपुरमा नयाँ होटल सञ्चालनमा ल्याएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतपुर महानगरपालिका-१० को दीपेन्द्र चोकमा झन्डै ५ करोड लगानीमा ‘चितोन स्पाइसी हर्ब’ होटल सञ्चालनमा आएको छ ।
  • जापानमा १९ वर्षको अनुभव भएका प्रकाश र चिरञ्जीवी आचार्य दाजुभाइले चार कठ्ठा जमिनमा १२ डिलक्स रुमसहित होटल खोलेका हुन् ।
  • सञ्चालकले नेपालीसँगै जापानी, थाइ, चाइनिज र भारतीय परिकार उपलब्ध गराउने र पश्चिम चितवनमा पनि होटल खोल्ने तयारी रहेको बताए ।

२८ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिका-१० मा झन्डै ५ करोडको लगानीमा ‘चितोन स्पाइसी हर्ब’ होटल सञ्चालनमा आएको छ ।

लामो समयसम्म जापानमा बसेर होटल व्यवसायको क्षेत्रमा काम गरेका प्रकाश आचार्य र उनका दाजु चिरञ्जीवी आचार्यले भरतपुरमा नयाँ होटल सञ्चालनमा ल्याएका हुन् ।

देश फर्किएर लगानी गरेर रोजगारी सिर्जना गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक प्रकाश आचार्यले बताए । आचार्य दाजुभाइले जापानमा ७ वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

जापानमा १९ वर्षको व्यावसायिक अनुभव भएका आचार्य दाजुभाइले चार कठ्ठा जमिनमा पाँच करोड रुपैयाँ होटलमा लगानी गरेका हुन् ।

भरतपुरको केन्द्र मानिने दीपेन्द्र चोकमा खोलिएको होटलमा १२ डिलक्स रुम छन् भने, ६० जना अटाउने एउटा र ३०/३० जना अटाउने दुईवटा साना साना हल छन् । दुई सयजना अट्ने रुफटप रेस्टुरेन्ट र एक सयजना क्षमताको अर्को रेस्टुरेन्ट पनि छ । होटलका दुईवटा रुम फरक ढंगले गोलकार रूपमा डिजाइन गरिएको छ । होटलमा पर्याप्त पार्किङको सुविधा रहेको छ ।

होटलमा नेपाली खानाका परिकारसँगै जापानी, थाइ, चाइनिज, भारतीय परिकारहरूसमेत उपलब्ध हुने सञ्चालक प्रकाश आचार्यले जानकारी दिए ।

जापानमा जापनिजहरूलाई नेपाली खानाको स्वाद पस्किएको जस्तैं नेपालीहरूलाई पनि जापानी खानाको स्वाद चखाउन जापानमा नै कार्यरत सेफ ल्याउने तयारी गरिएको सञ्चालक चिरञ्जीवी आचार्यले जानकारी दिए ।

चितवनका अन्य होटल रेस्टुरेन्टमा नपाइने तर यहाँका बासिन्दाले रुचाउने जापानी परिकार तयार गरिने उनले बताए ।

जापानमा मात्रै नभई अब देश फर्किएर पनि केही लगानी गर्नुपर्छ भन्ने सोचका साथ विकासको गतिमा दौडिरहेको भरतपुरको केन्द्र भागमा लगानी गरेर होटल खोलिएको उनको भनाइ छ ।

चितवनमा होटल व्यवसायको क्षेत्रमा थप लगानी गर्ने र पश्चिम चितवनमा समेत व्यावासायिक होटल खोल्ने सोच र तयारीमा आफूहरु रहेको सञ्चालक प्रकाशले जानकारी दिए ।

सम्भवतः केही वर्षभित्र नै पश्चिम चितवनको पर्यटकीय क्षेत्रमा पर्यटकीय होटल खोल्ने तयारीमा आफूहरू लागेको उनले बताए ।

विदेशमा गएका युवालाई स्वदेश फर्काउन देशभित्र लगानीको वातावरण तयार गर्नुपर्ने आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?