+
+
Shares

रसुवा बाढी : ३ हजार बढी डीएनए संकलन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवास्थित भोटेकोशीको भिषण बाढीमा वेपत्ता भएकाहरूका आफन्तबाट १ हजार ८४६ र शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरीले जनाएको छ।
  • बाढीमा अझै ४ हजार ८९ जना वेपत्ता छन् भने अहिलेसम्म १ हजार ३८८ शव फेला परेको प्रहरीले जनाएको छ।
  • फेला परेका शवमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ र १ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ।

२८ भदौ, काठमाडौं। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ ।

नेपाल प्रहरीका अनुसार वेपत्ता व्यक्तिका आफन्तहरुबाट १ हजार ८४६ डीएनए स्याम्पल निकालिएको छ ।

त्यस्तै शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । अहिलेसम्म जम्मा ३ हजार १३२ डीएनए नमूना निकालएको छ ।

बाढीमा परी अझै ४ हजार ८९ जना वेपत्ता छन् । अहिलेसम्म १ हजार ३८८ शव फेला परेका छन् । जसमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ । १ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?