+
+
Shares

ग्यासमा बढी मूल्य लिनेलाई कारबाही गर्न विक्रेता महासंघको माग

महासंघले विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यास विक्रेता महासंघ नेपालले विपद्को बेला तोकिएभन्दा बढी मूल्य लिएर ग्यास बिक्री गर्नेहरूलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
  • महासंघले भोटेकोशीको बाढी र कृष्णभिरको बाटो कटानले राजधानी जोडिने राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको ग्यास आपूर्तिमा समस्या आएको जनाएको छ ।
  • महासंघले वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न देशभरिका विक्रेतालाई अपिल गरेको छ ।

२६ भदौ, काठमाडौं । विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ ।

महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो ।

लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको महासंघले जनाएको छ ।

बाढीका कारण कृष्णभिरको बाटो कटान भई राजधानी जोडिने राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कठिन र विषम परिस्थितिमा आम उपभोक्तालाई अनुचित मूल्य लिई ग्यास लगायत उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएको महासंघले स्मरण गराएको छ ।

महासंघका कार्यवाहक अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभरिका आम ग्यास विक्रेतालाई विशेष अपिल समेत गरिएको छ ।

‘प्राप्त भएको ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास विक्रेता महासंघ नेपाल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको मुख्य दायित्व रहेको औँल्याउँदै महासंघले आपूर्ति प्रणाली पुन: सुरु राख्न हरप्रकारको प्रयास गर्नु सबैको साझा दायित्व भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?