+
+
Shares

फूलैफूलको बहार (फोटो फिचर)

प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक १३ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको जावलाखेल खेल मैदानमा तिहार र छठ लक्षित १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ बिहीबारदेखि सुरु भएको छ ।
  • फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको पाँच दिने मेलामा ८६ स्टल छन्, र १६ कात्तिकसम्म चल्नेछ ।
  • मेलामा ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवा प्रदर्शन तथा बिक्री हुने र ३९ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

१३ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको चाड तिहार तथा छठ पर्व लक्षित गर्दै हिजो बिहीबारदेखि ललितपुर जावलाखेल खेल मैदानमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको उक्त मेला पाँच दिन अर्थात् १६ कात्तिकसम्म चल्ने छ । पुष्प मेलाको आज दोस्रो दिन हो । आज बिहानैदेखि पानी परे पनि पुष्प मेला हेर्न तथा बिरुवा किन्न सर्वसाधरण पुगिरहेका छन् ।

मेलामा ८६ वटा प्रदर्शनी कक्ष (स्टल) छन् । जसमा व्यावसायिक स्टल ७८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४, प्लान्ट क्लिनिक १ र फोटो सेल्फी स्टल १ छन् ।

मेलामा यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी सहित ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवा, सयपत्री, मखमली, अन्य सिजनल फूल तथा आलंकारिक बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरण हुने आयोजकले जनाएको छ  ।

प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?