+
+
Shares

साउनमै ४० लाख सिलिन्डर ग्यास बिक्री, ५ महिनायताकै सर्वाधिक

निगमका अनुसार साउनमा मात्र ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गएको साउनमा ५७ हजार ३ सय १६ टन, अर्थात् ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।
  • असारको ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डरको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बिक्री भएको निगमको तथ्यांक छ ।
  • निगमले आगामी दिनमा ग्यास आयात बढ्ने भन्दै आवश्यकता अनुसार मात्र खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

३ भदौ, काठमाडौं । गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले बुधबार तथ्यांक सार्वजनिक गर्दै साउनमा मात्र ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको जानकारी दिएको छ । यो मात्रा ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो ।

निगमका अनुसार असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात र बिक्री भएको थियो । असारको तुलनामा साउनमै करिब ९ लाख सिलिन्डर बढी बिक्री भएको देखिएको छ ।

निगमले आगामी दिनमा ग्यास आयात अझै बढ्ने भएकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न भनेको छ । साथै, अनावश्यक भण्डारण नगर्न समेत सचेत गराएको छ ।

निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात  र बिक्री भएको थियो । यो वैशाख र जेठ २०८३ मा ह्वात्तै घटेर क्रमश: २२ लाख ५७ हजार ४ सय ९६ र २३ लाख १२ हजार ८ सय ३७ मा सीमित भयो । त्यसपछि भने ग्यासको माग ह्वात्तै बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?