+
+
Shares

‘ग्यासका लागि नागरिकले खोज्न थाले नेताहरूको सोर्सफोर्स’

‘फोन गरेर लौन एउटा दुइटा ग्यास सिलिन्डर मिलाइदिनुपर्‍यो । तपाईंले भनेको मान्छन् कि ! भनेर नागरिकहरूले अनुरोध गर्नुभएको छ,’ सांसद परियारले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकासहित देशभर पछिल्लो तीन सातादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।
  • ग्यास पाउन मुस्किल भएपछि उपभोक्ताहरू सांसद र नेताहरूको सोर्सफोर्स लगाउन बाध्य भएका छन् ।
  • राष्ट्रिय सभा सदस्य पदम परियारले सरकारलाई जनतालाई ढाँट्ने काम बन्द गरी ग्यास अभावप्रति संवेदनशील हुन आग्रह गरे ।

२७ साउन, काठमाडौं । पछिल्लो तीन सातादेखि काठमाडौं उपत्यका लगायत देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । ग्यास लिन नागरिकहरू घण्टौं लाइनमा बस्नेहरू त छँदैछन् । यस्तोमा कतिपय उपभोक्ता ग्यास पाइन्छ कि भनेर नेता र सांसदहरूको सोर्सफोर्स खोज्न थालेका छन् ।

राष्ट्रिय सभा सदस्य पदम परियारका अनुसार उनलाई उपभोक्ताले ग्यास पाइन्छ कि भनेर फोन गरिरहेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सांसदहरूलाई जिल्ला–जिल्लाका जनताले फोन गरिरहेको सुनाउँदै नागरिकले के भनिरहेका छन् भनेर सुनाए ।

‘फोन गरेर लौन एउटा दुइटा ग्यास सिलिन्डर मिलाइदिनुपर्‍यो । तपाईंले भनेको मान्छन् कि ! भनेर नागरिकहरूले अनुरोध गर्नुभएको छ,’ सांसद परियारले भने ।

सरकारले समस्या नरहेको बताइरहँदा नागरिकले ग्यास मिलाइदिनुपर्‍यो भनेर जनताले नेताहरूको सोर्सफोर्स लगाउन थालेको उनले बताएका हुन् ।

‘कहिलेसम्म नागरिकलाई ढाँट्ने काम गर्न यो सरकार ?,’ परियारले भनेका छन्, ‘यो सन्दर्भमा अलि बढी संवेदनशील हुन सरकारलाई अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?