+
+
Shares

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति नियमित रहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न आग्रह गरेको छ ।
  • सङ्घका अध्यक्ष दिवान चन्दले भारतबाट विगतको तुलनामा दैनिक सय बुलेट हाराहारी ग्यास आपूर्ति भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
  • उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात राख्ने प्रवृत्ति त्यागेमा हाल बजारमा देखिएको ग्यासको अस्थायी अभाव स्वतः समाधान हुने सङ्घले जनाएको छ ।

११ साउन, चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ । उनले भने, ‘पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।’

उनका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए।

एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरुले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउँछन् । सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ ।

हाल बजारमा एक करोड ५० लाख थान सिलिण्डर छन् । जसमध्ये ५० लाख सिलिण्डर ग्यास डिपोसँग छन् । सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?