+
+
Shares

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
  • सभापति रहबर अन्सारीले पाइप विस्तारको सम्भावनाबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयलाई निर्देशन दिनुभयो।
  • समितिले पुराना सिलिन्डरबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि नियमित अनुगमन गरी गुणस्तरको सुनिश्चितता गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ।

३१ असार, काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई पर्नसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास, आयल निगम र मन्त्रालयकोतर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?