+
+
Shares

खोटाङ कारागारमा एक कैदीको मृत्यु   

रासस रासस
२०८३ असार ३१ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङ जिल्ला कारागारमा सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका २३ वर्षीय निसान राईको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
  • मध्यराति बेहोस अवस्थामा भेटिएका उनलाई जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
  • डाक्टर पुष्कल राईले मृत्युको कारण स्पष्ट नभएकाले शव परीक्षणपछि मात्रै यकिन हुने जानकारी दिए ।

३१ असार, खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।

३० असारमा बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिए ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

अस्पताल ल्याइपुर्‍याउँदा कैदीको मृत्यु भइसकेको जनाउँदै अस्पतालका डा पुष्कल राईले भने, ‘मृत्युको कारण खुलेको छैन, शव परीक्षणपछि मात्रै थाहा हुन्छ ।’

मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी ११ साउनमा जेलमुक्त हुनसक्ने अवस्था रहेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?