News Summary
Generated by OK AI. Editorially reviewed.- स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंक आबद्ध भएका छन् ।
- सम्झौतापछि यी बैंकका ग्राहकले एससीटीको भुक्तानी स्वीचमार्फत इन्टरनेट बैंकिङ प्रयोग गरी रकमान्तर गर्न सक्नेछन् ।
- बैंकका अधिकारीहरूले यस सहकार्यले ग्राहकलाई थप अत्याधुनिक र सहज वित्तीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।
३१ असार, काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आवद्ध भएका छन् । यससँगै अब यी बैंकका ग्राहकले विश्वस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी एससीटीको भुक्तानी स्वीच मार्फत रकमान्तर गर्न सक्नेछन् ।
दुई छुट्टाछुट्टै कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा मुक्तिनाथ विकास बैंकका तर्फबाट उपनायव कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
सो क्रममा दुवै बैंकका अधिकारीहरूले नयाँ सम्झौता पश्चात एससीटीले गर्दै आएका नवप्रवर्तन तथा अत्याधुनिक सेवा प्रयोगका लागि बैंकका ग्राहकलाई नयाँ मार्ग मिलेको बताए ।
नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भएको यस सहकार्यले बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरसम्बन्धलाई मजवुत बनाउँदै ग्राहकलाई अझ सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
एससीटीले सुरक्षित, भरपर्दो र नवीनतम प्रविधिमा आधारित भुक्तानी पूर्वाधार विकास गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी डिजिटल भुक्तानीको क्षेत्रमा नेपालको पुरानो र अनुभवी सेवा प्रदायक हो ।
यस संस्थाले हाल २४ बैंक तथा वित्तीय संस्था तथा ३०० भन्दा धेरै सहकारी संस्थामार्फत सर्वसाधारणलाई एससीटी युनियनपे कार्ड, भिसा कार्ड, डेबिट र क्रेडिट कार्ड, एटीएम सञ्जाल, पिओएस सेवा , स्मार्ट क्यूआर सेवा, स्मार्ट बैंकिङ ओम्नी च्यानल मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा लगायत रकमान्तर सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4