+
+
Shares

सीमा विवादबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध कायम राख्छौं : शाही

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको विषयमा विपक्षी दलले संसद्मा निरन्तर विरोध जारी राख्ने भएका छन् ।
  • सांसद महेन्द्रबहादुर शाहीले सरकारले यसबारे स्पष्ट धारणा पेश नगरेसम्म अवरोध कायमै रहने जानकारी प्रतिनिधिसभामा गराउनुभएको छ ।
  • प्रधानमन्त्री शाहले भारतसँगको सीमा मिचिएको सन्दर्भमा संसद्मा दिएको विवादास्पद अभिव्यक्तिपछि विपक्षी दलहरूले प्रमाण वा माफीको माग राखेका छन् ।

३१ असार, काठमाडौं । सीमा विवादबारेको अभिव्यक्तिउपर उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएसम्म संसद्मा विपक्षीको विरोध कायम रहने भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो बताएका हुन् ।

‘सम्मननीय प्रधानमन्त्री बालेन शाह बालेनले नेपाल र भारतको सीमा सम्बन्धी दिएको अभिव्यक्तिका बारेमा सरकारले स्पष्ट धारणा संसद्मा पेश गर्नुपर्छ । त्यो नहुन्जले प्रतिपक्षको तर्फबाट विरोध जारी रहने कुरा जानकारी गराउन चाहन्छु’ उनले प्रतिनिधिसभाको बैठकमै भने ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?