+
+
Shares

सरकारले काठमाडौंमा शनिबार दिनभर बेच्यो ६ हजार ८०२ सिलिन्डर ग्यास

५ केन्द्रबाट मात्रै ५ हजार ९७२ सिलिन्डर बिक्री

ग्यास नपाएका उपभोक्ता ठूलो संख्यामा बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २ सय ९० वटा ग्यास वितरण भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले शनिबार काठमाडौंका विभिन्न बिक्री केन्द्रमार्फत कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर वितरण गरेको छ ।
  • नेपाल आयल निगमले एक महिनादेखि अभाव झेलेका उपभोक्तालाई राहत दिन जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पाँचवटा केन्द्रबाट ग्यास बिक्री गरेको हो ।
  • निगमको तथ्यांकअनुसार टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २ सय ९० सिलिन्डर वितरण भए तापनि धेरै उपभोक्ताले रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् ।

३० साउन, काठमाडौं ।  सरकारले शनिबार दिनभरिमा काठमाडौंका ५ बिक्री केन्द्रबाट कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर ग्यास बेचेको छ ।

एक महिनादेखि ग्यास नपाएका उपभोक्तालाई राहत दिने भन्दै नेपाल आयल निगमले आजदेखि काठमाडौंका ५ स्थानमा काठमाडौं जिल्ला प्रसाशन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो ।

ग्यास नपाएका उपभोक्ता ठूलो संख्यामा बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २ सय ९० वटा ग्यास वितरण भएको छ ।

यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७ सय ६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७ सय २० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय वटा सिलिन्डर बिक्री भएको छ ।

यी ५ केन्द्रबाट मात्रै ५ हजार ९ सय ७२ सिलिन्डर बिक्री हुँदा बालाजु काउन्टरबाट ५ सय र साल्ट ट्रेडिङको जडिबुटी तथा कालीमाटी काउन्टरबाट ३ सय ३० गरी कुल ६ हजार ८ सय २ सिलिन्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ ।

कुन ब्रान्डको ग्यास कति बेचियो भन्ने तथ्यांकलाई हेर्दा ५ मुख्य केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्याँस १ हजार ७ सय ६० वटा बिक्री भएको छ ।

त्यसैगरी एभरेष्ट/सुगम १ हजार ४३ वटा, एचपी ७ सय ८० वटा, हिमाल ५ सय ४० वटा, सगर ४ सय ६४ वटा र श्रीराम ब्रान्डका ३ सय २७ वटा ग्याँस बिक्री भएका छन् ।

त्यस्तै, एसटीसी ३ सय २०, श्री २ सय ८०, ओम १ सय ४०, भानु ८०, साईबाबा/श्रीकृष्ण ७०, श्रीमाया ६२, लोकप्रिय ५३ र सूर्य ब्रान्डका ५३ वटा सिलिन्डर वितरण गरिएका छन् ।

सरकारले करिब ७ हजार सिलिन्डर ग्यास बेचेको तथ्यांक प्रस्तुत गरिरहँदा धेरै उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?