News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-काठमाडौं सडकखण्डको चितवनस्थित इच्छाकामना गाउँपालिका-५ सिमलधारामा गएराति सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
- प्रहरीका अनुसार रुखसहित खसेको पहिरो पन्छाउन अहिले पाँचवटा उपकरण प्रयोग गरी काम भइरहेको छ ।
- चितवन प्रहरीले गएराति १०:२५ बजे पहिरो खसेकाले सडक पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ ।
३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
गएराति १०:२५ मा चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा पहिरो खसेकोले सडक दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
अहिले ५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4