News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको सुनछहरी गाउँपालिका–२ मा गएको पहिरोले दुई घर पुरिएका छन्।
- घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
- घटनास्थलमा उद्धार टोली पुग्न बाँकी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
२९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले दुई घर पुरिएका छन् ।
सुनछहरी गाउँपालिका-२ को बेग्लाबेग्लै दुई स्थानमा पहिरो जाँदा दुई घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिइन् ।
पहिरोले दुई ठाउँमा घरमा पुरिएको भन्ने जानकारी पाएको र जानकारी पाउने बित्तिकै घटनास्थलतर्फ टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घटनास्थलमा टोली पुग्न बाँकी नै रहेकोले के-कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4