News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले काठमाडौं-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको छ ।
- बिहीबार बिहान सवा २ बजे खसेको पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
- प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम जारी राखेको र केही समयमा सडक सञ्चालन हुने जनाएको छ ।
२९ साउन, काठमाडौं । काठमाडौं-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन् ।
धादिङ प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा २ बजेतिर खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध रहेको छ ।
अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4