+
+
Shares

नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल

भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे छलफल भएको छ ।
  • भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।
  • मन्त्री साहले भोटेकोशी र बुढीगण्डकीको बाढीका बेला अस्ट्रेलिया सरकारले दिएको मानवीय सहयोग र सद्भावप्रति धन्यवाद दिएका छन् ।

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे  छलफल भएको छ ।

भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।

त्यस अवसरमा मन्त्री साहले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीको समयमा अस्ट्रेलिया सरकारले दिएको मानवीय सहयोग र सद्भावप्रति धन्यवाद दिए ।

आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीच व्यापार विस्तार तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा दुवै पक्षले विचारविमर्श गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?