News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्राप्त १ करोड ५० लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।
- कृषिमन्त्री गिता चौधरीले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी बाढीपीडितको राहतसँगै रासायनिक मल आपूर्तिबारे छलफल गरेकी छिन् ।
- छलफलमा आगामी सिजनमा मल अभाव हुन नदिन बजेट सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारबाट समयमै मल खरिद र वितरण प्रणाली प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ ।
७ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रसुवा बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्राप्त १ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कृषिमन्त्री गिता चौधरीले कार्यवाहक प्रधानमन्त्री वाग्लेसँग भेटवार्ता गर्दै उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले रसुवा बाढी प्रभावित नागरिकको सहयोगार्थ उपलब्ध गराएको उक्त रकम मन्त्री चौधरीले सरकारलाई बुझाएकी हुन् ।
भेटवार्तामा बाढीपीडितको राहत र उद्धारसँगै देशको समग्र कृषि क्षेत्रको मुख्य समस्याका रूपमा रहेको रासायनिक मल आपूर्तिका विषयमा पनि गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।
विशेषगरी आगामी सिजनमा देशभरि रासायनिक मल अभाव हुन नदिन बेलैमा आवश्यक तयारी गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको थियो ।
कार्यवाहक प्रधानमन्त्री वाग्लेसँग कृषिमन्त्री चौधरीले मल खरिदका लागि आवश्यक पर्ने बजेट तथा स्रोतको तत्काल व्यवस्थापन गरिदिन आग्रह गरेकी छिन् ।
छलफलमा बजेटको सुनिश्चितता गरी अन्तर्राष्ट्रिय बजारबाट समयमै मल खरिद गर्ने र किसानको खेतसम्म सहज रूपमा पुर्याउने वितरण प्रणाली प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
प्रतिक्रिया 4