Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा वेगनास ताल सरसफाई

६ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ ।

बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानीय युवा क्लब, समाजसेवी तथा उक्त क्षेत्रका स्थानिय बासिन्दाको अगुवाईमा उक्त बेगनास ताल सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

माघ २० गते देखि स्थानीय युवा क्लबको अगुवाईमा सुरु भएको बृहत वेगनास सरसफाई कार्यक्रम अन्र्तगत ग्लोबल आइएमई बैंक पनि सहभागि भई योगदान पुर्‍याएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment