Comments Add Comment

पद्मावतीपछि दीपिका खाली हात, विहे गर्ने सुर हो ?

यतिबेला बलिउडमा नायिका दीपिका पादुकोणको चर्को डिमान्ड छ । ‘पद्मावत’ का सफलतापछि बलिउड निर्माता-निर्देशकहरु उनलाई आफ्नो फिल्ममा लिन आतुर छन् । तर, नायिका कुनै फिल्म साइन नगरिकन खालि हात बसिरहेकी छिन् ।

दीपिकाले कुनै फिल्म साइन नगर्नुमा विभिन्न अड्कलवाजीहरु भइरहेका छन् । कतिपयले ठानेका छन्, उनी बलिउडभन्दा हलिउडमा नै आफ्नो करिअर अगाडि बढाउन चाहन्छिन् । अर्काथरीको आशंका छ, ढाडको समस्याले गर्दा उनी अहिले आराम गरिरहेकी छिन् । अनि तेस्रो अनुमान छ, उनले रणवीर सिंहसँग चाँडै बिहे गर्ने भएकाले खाली बसेकी हुन् ।

रणवीर र दीपिका चार वर्षदेखि प्रेममा छन् । केही समयअघि उनीहरुले यसै वर्ष बिहे गर्न लागेको खबर बाहिरिएको थियो । यस विषयमा यी दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यस विषयमा हालै एक अन्तरवार्तामा दीपिकालाई सोधिएको थियो । बिहेको तयारीकै लागि कुनै फिल्ममा हात नहालेको भन्ने चर्चाको उनले खण्डन गरिन् । दीपिकाको भनाईमा उनले चाहेजस्तो स्त्रिmप्ट र रोल नपाएकाले फिल्म साइन नगरेकी हुन् ।

‘म पद्मावतपछि अर्को बुलन्द रोलको प्रतिक्षामा छु । तर, अहिलेसम्म भनेजस्तो अफर आएको छैन । यदि त्यस्तो अफर आएको खण्डमा पक्कै साइन गर्छु,’ उनले भनिन् ।

रणवीरसँगको प्रेमबारे सोधिएको प्रश्नमा भने दीपिकाले रेडिमेड जवाफ दिइन्, ‘रणवीर एकदमै असल व्यक्ति हुन् र उनीसँग मेरो मित्रवत सम्वन्ध छ । अरु केही होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment