Comments Add Comment

कतारमा ‘रामकहानी’को छायांकन


नेपालको छायांकन सकेर चलचित्र ‘रामकहानी’का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा यतिबेला कतार पुगेका छन् । उनीहरु, कतार पुग्नुको २ वटा कारण छ ।

एक त, सुदर्शन र पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु’को विशेष शोका लागि कतार पुगेका हुन् । यस्तै, चलचित्रको केही दृश्यको छायांकन पनि कतारमा गरिएको छ ।

निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार, यो चलचित्रको सुरुवात नै कतारबाट हुनेछ । कतारमा नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही कलाकारले अभिनय गरेका छन् ।

कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । उनकै, सहयोगमा चलचित्रको कतार छायांकन संभव भएको सुदर्शनले जानकारी दिए ।

सुदर्शनले भने-‘हामीलाई चलचित्रको छायांकनका लागि अनुमती लिन नै ८ लाख खर्च गर्नुपर्‍यो । अब, नेपालमा एउटा गीतको छायांकन गर्न बाँकी छ ।’

चलचित्रको छायांकनका लागि छायांकार सौरभ लामा पनि कतार पुगेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । भदौ २२ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

चलचित्रको ‘तिम्रो लागि म’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीतलाई युटुबमा २० लाख भन्दा बढी पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment