Comments Add Comment

कर्णालीको पेट्रोलियम भण्डारण क्षमता २ दिनमात्रै

१३ जेठ, काठमाडौं । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता २ दिनको माग धान्ने मात्र देखिएको छ ।

आर्थिक वर्ष ०७४/७५ को आर्थिक सर्वेक्षणअनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम पेट्रोलियम भण्डारण क्षमता देखिएको हो ।

कर्णाली प्रदेशमा १०५ किलोलिटर पेट्रोलियम पदार्थमात्र भण्डारण गर्न सकिन्छ । जुन नेपालको कुल भण्डारण क्षमताको ०.२ प्रतिशत हो । यो मौज्दातले कर्णाली प्रदेशको भने २ दिनको माग धान्ने सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षण अनुसार नेपालमा १४ दिनसम्मलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ । प्रदेश २ र ३ को भण्डारण क्षमता अन्य प्रदेशको भन्दा बढी छ । यी दुई प्रदेशमा १६ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ । प्रदेश २ मा ३२.७ प्रतिशत र ३ मा ३१.९ प्रतिशत पेट्रोलियम पदार्थ भण्डारण हुन्छ ।

प्रदेश १ मा १५, प्रदेश ४ मा १५, प्रदेश ५ मा १० र प्रदेश ७ मा १२ दिनसम्मलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण गर्न सकिने सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सरकारले पेट्रोलियम भण्डारण क्षमता बढाएर ९० दिनसम्मलाई पुग्ने गरी भण्डारण गृह निर्माण गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment