Comments Add Comment

नेकपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय सदस्यको हस्ताक्षर

१४ जेठ,  काठमाडाैं । नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो ।

दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातहरु बुझाउने काम गरिएको पूर्वसभामुख समेत रहेका नेता नेम्वाङले जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात सोमबार आयोगलाई उपलब्ध गराएको हो ।

नेता देवप्रसाद गुरुङले दल दर्ताका लागि निर्वाचन आयोगमा नियमावली बुझाउने काम अझै बाँकि रहेको जानकारी दिए ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाममा अन्डरलाइन समेत थपेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै दर्ता गरिएकाले आफूहरुले नाममा अन्डरलाइन थप्नु परेको नेता नेम्वाङले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment