Comments Add Comment

उमेर बढेपछि ‘कुछ कुछ’ त भैहाल्छ नि : नवनायिका पूजा (भिडियो)

नव-नायिका पूजा तिवारी बोल्नमा निकै सिपालु छिन् । उनलाई कुनै कुरा भन्न धेरै समय सोच्नै पर्दैन । चितवनको सौराहामा जन्मिएकी पूजा जेठ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बेबी आई लभ यू’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारीमा छिन् । हुनत, उनले चलचित्र ‘जालो’मा पनि काम गरिसकेकी थिइन् ।

पूजासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेको पूजा बताउँछिन् । पूजा अब, आफू चलचित्र क्षेत्रमा नै लाग्ने योजनाका साथ आएको बताउँछिन् । उनले भनिन्-‘अब म फेरि चितवन फर्कन्न चाहन्नँ । चलचित्र क्षेत्रमा नै केही गर्नेछु ।’

उसो त, उनको सानैदेखि नायिका बन्ने सोच थियो । यसैलाई मुर्त रुप दिनका लागि उनी काठमाण्डौ आएकी हुन् । विद्यालयमा नृत्यको समेत अध्यापन गराइसकेकी पूजा अब भने पूर्ण रुपमा यही क्षेत्रमा लाग्ने र सुपरस्टार बन्ने दाबी गर्छिन् ।

चलचित्र ‘बेबी आई लभ यू’मा जस्तै आफूले रियल लाइफमा पनि ‘आई लभ यू’ भनेको उनले खुलाइन् । पूजाले भनिन्-‘चितवनमा मात्र होइन, अरु जिल्लामा पनि आई लभ यू भनियो । तर, अहिले त्यो बचपनको प्रेम थियो भन्ने लाग्छ ।’ २१-२२ बर्षको उमेरसम्म आइपुग्दा त सानोतिनो काण्ड घटिहाल्ने भन्दै पूजाले खुलस्त कुरा गरिन् ।

उमेर बढेपछि ‘कुछ कुछ होता हे’ भने जस्तै आफूलाई पनि भएको उनले खुलाइन् । पूजालाई हरेक चलचित्रमा फरक-फरक भूमिका गर्न मन लाग्छ । आफूलाई एक्सन मात्र भएको भन्दा पनि अभिनय पनि गर्न पर्ने खालको चलचित्रमा अफर आएको खण्डमा खुशी हुने उनले सुनाइन् ।
चलचित्र रिलिज नभएकाले पनि आफूलाई अन्य चलचित्रको अफर नआएको बताउने पूजा आफ्नो काम हेरेपछि अन्य निर्माताले अफर गर्नेमा ढुक्क छिन् ।

चलचित्र ‘बेबी आई लभ यू’ले प्रेम, त्याग, तपस्या र विछोडको कथालाई उठान गरेको पूजाको भनाई छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment