Comments Add Comment

नेपाल र सेन्ट किट्सबीच कूटनीतिक सम्बन्ध स्थापित


१७ जेठ, काठमाडौं । नेपाल र सेन्ट किट्स एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापित भएको छ ।

वेस्ट इन्डिजको टापुमा अवस्थित सेन्ट किट्स एण्ड नेभिससँग बुधबार नेपालको दौत्य सम्बन्ध कायम भएको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सेन्ट किट्स एण्ड नेभिसका स्थायी प्रतिनिधि साम टेरेन्स कन्डोरले अाैपचारिक सम्बन्ध स्थापित भएकाे  घाेषणा गरेका हुन् ।

नेपालका लागि संयुक्त राष्ट्र संघको स्थायी नियोगले दिएको जानकारी अनुसार,  दुवै देशका प्रतिनिधिले दुई पक्षीय हित र विकासका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment