Comments Add Comment

विपक्षीलाई औंला ठड्याउने ठाउँ दिन्नौंः सञ्चारमन्त्री बास्कोटा

१९ जेठ, काभ्रे । सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले विपक्षी दलका नेता कार्यकर्ताले औंला ठड्याउने ठाउँ नदिने बताएका छन् ।

देशको आर्थिक समृद्धिको यात्रा सुरु भइसकेको भन्दै उनले ५ वर्षमा जनअपेक्षा अनुसार काम गर्ने बताए । बेथानचोक गाउँपालिका ढुङखर्कमा सुरु भएको आलु महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री बास्कोटाले भने, बजेटमा कृषि, पर्यटन, उर्जा र यातायात गरी चार वटा विकासे खम्बालाई प्राथमिकता दिइएको छ ।

उनले दलहरु आरोप प्रत्यारोप छाडेर उत्पादनतर्फ लाग्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment