Comments Add Comment

पोखरामा राष्ट्रिय युवा सम्मेलन हुने

२१ जेठ, काठमाडौं । आगामी असार १ र २ गते पोेखरामा राष्ट्रिय युवा सम्मेलन-२०७५ आयोजना हुने भएको छ ।

युवाहरुलाई सकारात्मक मार्गदर्शन, उत्प्रेरणा, नेतृत्व तथा व्यक्तित्व विकास गर्ने हेतुले नेपाल मानव धर्म सेवा समिति, युवा संगठनले सम्मेलन आयोजना गर्न लागेको हो ।

समाजमा रहेका हरेक युवाहरुलाई आध्यात्मिक जागरण मार्फत सुसंस्कृत समाजको निर्माण, सामाजिक सद्भाव र बन्धुत्व भावना अभिबृद्धि गरी राष्ट्रियताको बोध गराइ राष्ट्र निर्माण योगदान पुग्ने आयोजकले दावी गरेको छ ।

साथै सम्मेलनमा समितिका करिब २४७ शाखा तथा उपशाखामा आबद्ध भएका र अन्य संगठित/असंगठित समाजमा छरिएर रहेका अगुवा युवाहरु सहभागी हुनेछन् ।

दुई दिने सम्मेलनमा देश विदेशबाट करिब तीन हजार युवाहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनको मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सामाजिक तथा आध्यात्मिक अभियन्ता तथा वक्ताहरुको उत्प्रेरणामुलक विचार, प्रवचन, सांस्कृतिक प्रस्तुति तथा अन्य रचनात्मक कार्यक्रमहरु रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment