Comments Add Comment

कम्पासको सफलतापछि भारतमा थप चार एसयुभी ल्याउँदै जिप

२२ जेठ, काठमाडौं । मिडसाइज एसयुभीको सफल परीक्षण गरिसकेको उत्तर अमेरिकी ‘एसयुभी स्पेसियालिस्ट’ क्रिस्लर जिपले भारतमा चाँडै नै ‘सब कम्प्याक्ट एसयुभी’ र अन्य तीन वटा मिडसाइज एसयुभी ल्याउने भएको छ ।

नयाँ जिप एसयुभीले मारुती सुजुकीको भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र होन्डा डब्लुआर-भी जस्ता साना एसयुभी चुनौती दिनेछ भने बरियतामा कम्पासभन्दा माथि हुने अन्य तीन वटाले टोयोटा फच्र्युनर र फोर्ड इन्डिभोरलाई टक्कर दिनेछ ।

जिप लाइनअपमा थप ११ मोडेल

जिपको वाषिर्क सभामा सीईओ माइक म्यान्लेले आगामी पाँच वर्षमा जिपको लाइनअपमा ११ वटा नयाँ मोडेल थप्ने घोषणा गरेका हुन् जसमा सानो आकारको एसयुभीदेखि विद्युतीय एसयुभीहरुसमेत पर्नेछन् ।

कम्पासले पाएको सफलताकै कारणले भारतलाई जिपले आफ्नो प्राथमिकतामा पारेको हो । नयाँ एसयुभी जिप लाइनअपमा रेनेगेडभन्दा तल हुनेछ र यसले जिपलाई नयाँ सेग्मेन्टमा डोर्‍याउनेछ । यो सानो एसयुभीको नाम ‘जिपस्टर’ हुनसक्छ जुन रेनेगेडका लागि तयार पारिएको थियो तर अन्तिम समयमा त्यसको नाम ‘रेनेगेड’ राखियो ।

महाराष्ट्रको रञ्जनगाउँमा रहेको कम्पनीको प्लान्टबाट कम्पास जस्तै धेरै स्थानीयकरण गरिएको एसयुभी तयार हुने म्यानलेले जानकारी दिएका हुन् । जिपले आफनो खर्च बचाउन फियाट ५०० प्लेटर्फमको नयाँ पुस्तालाई प्रयोग गर्न सक्ने अनुमान पनि गरिएको छ । तर जिप फेमिलीमा भएका कारण यो नयाँ एसयुभीमा जिपको मौलिक डिजाइन र आधुनिक फिचर हुनेछन् ।

विद्युतीय प्लेटर्फममा जिपको नजर

कम्पनीले रेनेगेड भारतमा आउँछ कि आउँदैन भन्नेबारे भने केही बताएको छैन । तर चेरोकी प्लेटर्फममा तीन वटा एसयुभी भने आउनेछन् । विश्वस्तरमा जिपले पाँच वर्षका लागि हरेक वर्ष दुई वटा नयाँ एसयुभी लन्च गर्नेछ जसमा चार वटा पूर्ण विद्युतीय एसयुभी र प्लग-इन-हाइबि्रड एसयुभी पनि हुनेछन् । यसको अर्थ फियाट् क्रिस्लरले रञ्जनगाउँस्थित प्लान्टमा थप लगानी गर्नेछ । कम्पनीका अनुसार अहिले यो प्लान्टको क्षमता गत वर्षको भन्दा डेढ गुणाले बढेको छ ।

अहिलेलाई एफसीएको भारत प्लान्ट जापान र अस्ट्रेलियाजस्ता देशमा चल्ने राइट हेन्ड ड्राइभ जिप कम्पास उत्पादन गर्ने विश्वकै केन्द्र हो । भारतमा बढ्दो एसयुभी मागले कम्पनीको बजार हिस्सा र नाफालाई माथि पुर्‍याउने अपेक्षा गरिएको छ ।

एसयुभीको बढ्दो क्रेज

नेपालमा मात्र होइन भारतमा पनि अहिले एसयुभीको क्रेज बढ्दो छ । फियाट् क्रिस्लरले भारतमा एसयुभी बजारले समग्र बजारलाई नै पछाडि पार्ने र घरेलु बजारमा सब-४ एसयुभीहरुको दबदबा कायमै रहने अनुमान समेत गरेको छ । उसले सन् २०२२को अन्तसम्ममा भारतको एसयुभी बजार दोब्बर बढेर १६ लाख पुग्ने पनि बताएको छ ।

जिपका सिइओ माइक म्यान्लेले तीन नयाँ सेग्मेन्टमा प्रवेश गर्ने र सन् २०२२ सम्ममा सत प्रतिशत बजार र सेग्मेन्टमा आफ्नो उत्पादन हुने बताए ।

जिपका प्रिमियम मोडेललाई ‘हक’ ब्याज

अबदेखि जिपका हरेक मोडेलको ‘एक्सट्रिम भेरियन्ट हुनेछ जसलाई ‘हक’ ब्याज दिइनेछ । सबै ट्रायल -रेटेड भर्सनलाई ‘ट्रायल हक’ र पर्फमेन्सकेन्द्रित मोडेललाई ‘ट्रयाक हक’ भनिनेछ भने बलौटे सडकमा उच्च गतिले गुडाउन डिजाइन गरिएको नयाँ सिरिजलाई ‘डिजर्ट हक’ नामकरण गरिनेछ ।

यीमध्ये पहिलो गाडी चेरोकी हुनेछ जुन सन् २०१९ को सुरुमा लन्च गरिनेछ । बलौटे सडकमा गुडाउन यसमा आठ वटा विशेष इन्जिनियरिङ मापदण्ड विकास गरिएका छन् । यसमा उच्च क्षमताको ‘कुलिङ इलेमेन्ट’, बलियो सस्पेन्सन र र्‍याली डिजाइनको ह्विल र टायर हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment