Comments Add Comment

मोहम्मद सलाह

इजिप्टका २५ वर्षका मोहम्मद सलाह आधुनिक फुटबलका नयाँ स्टार हुन् । उनको खेल शैली र फुटबल कलासँग विश्वभरका फुटबलप्रमी परिचित छन् ।

सन् २०१७/१८ मा इंग्लिस पि्रमियर लिग क्लब लिभरपुलबाट ३६ खेलमा ३२ गोल गरेर उनले आˆनो फुटबल कला प्रमाणित गरेका छन् ।

यो सिजन च्याम्पियन्स लिगमा १० गोल गरेका उनी स्पेनिस क्लब रियल मडि्रडसँगको फाइनलमा घाइते हुन पुगे । विश्वकपसम्म उनी फिट हुने र दोस्रो खेलबाट मैदान प्रवेश गर्ने आशा गरिएको छ ।

मोहम्मद सलाहबिना इजिप्ट टोली अपूरो छ । इजिप्ट यसपटक स्टार खेलाडी सलाहकै कारण पनि विशेष चर्चामा छ । अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ । त्यसका लागि भरोसाको केन्द्रमा छन् उनै सलाह ।

सन् २०११ बाट इजिप्टको राष्ट्रिय टिममा रहेका सलाहले ५७ खेलमा ३३ गोल गरेका छन् ।

सन् २००६ देखि २०१० सम्म युथ करिअर इजिप्टकै क्लब एल मोकालुनमा बिताएका उनले २०१० मै एल मोकालुनको मुख्य टिममा स्थान बनाएका थिए । सन् २०१२ मा स्वीस फुटबल क्लब एफसी बसेल गएका उनी सन् २०१४ देखि २०१६ सम्म इंग्लिस क्लब चेल्सीमा रहे । चेल्सीमा दुई वर्ष रहँदा जम्मा १३ खेल खेल्न पाएका उनी त्यसबीचमा लोनमा इटालियन क्लब फिनोनटिना र रोमामा पनि रहे ।

सन् २०१६/१७ मा रोमामै रहेका उनी २०१७/१८ मा इंग्लिस क्लब फर्किएका हुन् । इंग्लिस क्लब लिभरपुल आएसँगै विश्व फुटबलमा सलाहको नाम झनै चम्किन थाल्यो । त्यसैले विश्वकपमा हेर्न लायक केही खेलाडीको सूचीमा सलाह प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment