Comments Add Comment

सांसदहरु फाइल बोकेर कोठाकोठा जानु नपरोस्ः राष्ट्रियसभा अध्यक्ष

फाइल तस्वीर

२३ जेठ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य हनुपर्ने बताएका छन् ।

संघीय संसद् सचिवालयले बुधबार सांसदहरुका लागि सञ्चालन गरेको संसदीय प्रक्रियासम्बन्धी जानकारीमुलक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यसमाथि ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरे ।

योजना पार्ने र बजेट निकासा गराउने काममा दौडधुप गर्नुपर्दा संघीय संसदको बैठकमा सांसदहरुको उपस्थिति प्रभावित भएको भन्दै उनले त्यस किसिमको पद्दतिको अन्त्य हुनुपर्ने बताए ।

उनले योजना र बजेट विनियोजनप्रति पनि असन्तुष्टि जनाए । आवश्यकता र प्राथमिकताका आधारमा न्ययोचित ढंगले योजना र बजेट छुट्याउनु पर्ने तिमिल्सिनाको भनाइ छ ।

‘भोलिका दिनहरुमा माननीयज्यूहरुले फाइल लिएर भर्याङ र कोठा–कोठा चढ्ने कुराको अन्त्य भयो भने सुशासनको एउटा नमुना काम हुनेछ’, तिमिल्सिनाले भने ।

उनले संसदले आवश्यक विजनेश नपाएकोप्रति असन्तुष्टि जनाउँदै यसप्रति यसप्रति सरकारको ध्यान जानुपर्ने बताए । संविधानमा नै ३ बर्ष भित्र गरिसक्नुपर्ने भनेका विषय जसरी पनि निर्धारित अवधिमा सम्पन्न गर्नुपर्ने भएकाले आवश्यक विधेयकलाई ढिला नगरी संसदमा टेबल गर्नुपर्नेमा उनले जोड दिए । संघीय संविधान अनुसारको आवश्यक कानुन अभावमा काम गर्न पाएनांै भन्ने प्रदेश र स्थानीय सरकारको गुनासो सुन्न नपर्ने गरी विधेयक बनाउन उनले केन्द्र सरकारसँग आग्रह गरे ।

सांसदहरुका लागि सञ्चलित जानकारीमुलक कार्यक्रम आईएनजीओको सहयोगमा भएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारकै वार्षिक बजेट र कार्यक्रमअन्र्तगत भएको दाबी गरे । ‘यो सरकारकै वार्षिक बजेट अनुसार भएको हो । विभिन्न दात्तृ निकायसँग जोडेर टिप्पणी गर्न आवश्यक छैन’, अध्यक्ष तिमिल्सिनाले कार्यक्रमबारे प्रष्ट पार्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment