+
+
Shares

होलीको दिन बन्दुक देखाउँदै सुन लुटपाट

रासस रासस
२०७५ चैत ७ गते ८:१०

७ चैत, सिन्धुली । कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान शुरु भइरेहेको जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाइ थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?