Comments Add Comment

सर्पले डसेर वडा अध्यक्षको मृत्यु

२४ जेठ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।

बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो ।

उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

अत्यधिक गर्मी र पानी परिरहेकाले तराई मधेसका जिल्लामा सर्पको बिगबिगी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment