Comments Add Comment

ढुक्कले खानुस्, काभ्रेको आलुमा विष छैन !

२७ जेठ, काभ्रे । स्वास्थ्यका द्रष्टिकोणमा काभ्रेको पाँचखालमा उत्पादित आलु अब खान योग्य भएको पृष्टि भएको छ ।

कालीमाटी फलफुल तथा तरकारी केन्द्रको आग्रहमा ५५ स्थानबाट आलुको परीक्षण लिएपछि खान योग्य रहेको भेटिएको हो ।

कालीमाटी द्रूत विषादी अवशेष परीक्षण प्रयोशालामा गरिएको आलुको परीक्षणपछि त्यसको अवस्थाबारेमा आइतबार जिल्लाको पांचखालमा सार्वजनिक गरिएको थियो ।

जिल्लाको पाँचखाल, पनौती, बनेपा र नाला मा उत्पादन गरिएको आलुमा कार्वमेट्स र अर्गानोफोस्फेट दुबैको गरी विषादीको रोकावट प्रतिशत १६ भन्दा तल रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

प्रतिशत ३५ प्रतिशत भन्दा कम भएका आलु खानाका लागि योग्य भएको मानिन्छ । आलुको पकेट क्षेत्र मानिएको जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा करिब एक लाख ७५ हजार मेटि्रक टन आलु उत्पादन हुने गरेको छ ।

आलु सुपरजोन प्रमुख किशोर पन्थका अनुसार अब काभ्रेको आलु प्रयोग गर्दा कुनै खाले समस्या रहने छैन ।

राजधानी काठमाडौमा तरकारी सबै भन्दा बढि निर्यात काभ्रेबाट हुने गरेको भएपनि तरकारीमा मानव जिवनलाइ नै असर गर्ने गरी विषादी यस अगाडिका परीक्षणमा पाइएको भएपनि पछिल्लो परीक्षणले काभ्रेमा उत्पादित आलु खान्न योग्य भेट्टएिपछि कृषकहरुसमेत सचेत बनेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment