Comments Add Comment

रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

३० जेठ, बुटवल । रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गैडहवा-३ पौवामा लु ३ त २२४० नम्वरको ट्याक्टर गएराति अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय राजकुमार कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ट्याक्टर धनीसमेत हुन् ।

ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका कुर्मीको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा मृत्यु भएको थियो । कुर्मीको शव मेडिकल कलेज भैरहवामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment