Comments Add Comment

रियल मड्रिडका अध्यक्ष भन्छन्– लोपेटेगीको बर्खास्ती मूर्खतापूर्ण कदम


काठमाडौं । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षक जुलेन लोपेटेगीको बर्खास्तीलाई बर्खास्त गर्ने स्पेनिस कदमलाई मूर्खतापूर्ण भनेका छन् ।

रियलले लोपेटेगीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरे लगतै स्पेनिस फुटबल संघले विश्वकपको अघिल्लो दिन प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको थियो ।

लगतै रुस छाडेका लोपेटेगी औपचारिक रुपमा रियल मड्रिडमा आवद्ध भएका छन् ।

पेरेजले क्लबको निर्णयको बचाउ गरे । लोपेटेगीसँग विश्वकपपछि जिम्मेवारी लिने सहमति गरेको भन्दै उनले भने, ‘पारदर्शीताका साथै हल्लाहरुलाई चिर्न र सूचना चुहिएर टिमलाई असर नगरोस् भनेर सार्वजनिक गरिएको हो । तर, स्पेनिस फुटबलका अध्यक्षले बेतुकको प्रतिक्रिया जनाए ।’

सान्टिएगो बेर्नाबाउको स्टेजमा पाइला टेक्दा प्रशिक्षक लोपेटेगी निकै भावुक देखिएका थिए । उनले भने, ‘हिजो मेरा लागि आमाको निधनपछि सबैभन्दा दुखद दिन रह्यो ।’

‘तर, आज मेरो जीवनको सबैभन्दा सुखद दिन रह्यो ।’

उनले आफ्नो खेलाडीहरुसँग कुनै समस्या नभएको तर, फुटबल संघका अध्यक्षले फरक व्यवहार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment