Comments Add Comment

करेन्ट लागेर डोटीमा एकजनाको मृत्यु

१२ असार, डोटी । आदर्श गाउँपालिका-५ तलारा घर भई हाल दिसिनपा-४ राजपुरमा मामाको घरमा बस्दै आएका २४ वर्षीय प्रदीप सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।

मामा टेकबहादुरको घरको बिग्रेको पंखा बनाउने क्रममा करेन्ट लागेर घाइते भएका सिंहको उपचारका क्रममा सु-जङ्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment