Comments Add Comment

अर्काको नाममा मोटरसाइकलको ट्रायल दिने पक्राउ

१३ असार, कैलाली । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा मोटरसाइकलको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले यातायात व्यवस्था कार्यालय सेतीको फाप्लामा रहेको ट्रायल सेन्टरबाट बर्दगोरिया गाउँपालिका-३ बौनियाका हरिशचन्द्र आचार्यलाई बुधबार पक्राउ गरेको हो । उनले घोडाघोडी नगरपालिका साढेपानीका डिल्लीप्रसाद लामिछानेको नाममा ट्रायल दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिनेलाई बिशेष निगरानीमा राखिएको बताए ।

पक्राउ परेका आचार्यलाई थुनामा राखेर मुद्दा प्रकृया सुरु गरिएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment