Comments Add Comment

उरुग्वेलाई काभानीको चोटको चिन्ता


१७ असार, काठमाडौं । पोर्चुगलसँगको खेलमा महत्वपूर्ण दुई गोल गरेका उरुग्वेका स्टार खेलाडी एडिसन काभानी फ्रान्सविरुद्ध हुने क्वार्टरफाइनलको खेलमा ठीक नहुने चिन्ताले उरुग्वे टिमलाई समस्या परेको छ ।

काभानी शनिबार राति भएको अन्तिम १६ अन्तर्गत पोर्चुगलविरुद्ध दुई गोल गरेपछि खुट्टामा समस्या देखिएका उनी मैदानबाहिर गएका थिए ।

आफूहरु काभानीको फिटनेसलाई लिएर चिन्तित रहेको उरुग्वेका प्रशिक्षक ओस्कार तबरेजले बताएका छन् । काभानीको गोलमा पोर्चुगललाई २-१ ले हराएको उरुग्वेले क्वार्टरफाइनलमा आउँदो शुक्रबार फ्रान्सविरुद्ध खेल्नेछ ।

काभानी खेलको १६ मिनेट बाँकी हुँदा मैदानबाट बाहिरिएका थिए । ‘हामीसँग उनको रिकभरीका लागि धेरै समय छैन । हामी अहिले चिन्तित मात्रै छौँ । तर उनको चोट कस्तो छ भन्ने थाहा भइसकेको छैन’ प्रशिक्षक तबरेजले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment