Comments Add Comment

कृषि अनुदानको दरुपयोगबारे छानविन गर्न समिति गठन


२५ असार , काठमाडौं । कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानविन गर्न कृषि मन्त्रालयले छानविन समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका सहसचिव एवं नीति तथा अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सेवेदी छन् ।

समिति सदस्यहरुमा गंगादत्त आचार्य, नेत्र भण्डारी, लालकुमार श्रेष्ठ, विनोद भट्टराई, तिलक चौलागाई, नारायण काफ्ले, होमबहादुर विक, इन्द्रहरी पौडेल, सुजन ढुंगेल र अरुण जिसीछन् । समितिले एक महनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनेछ ।

मन्त्रालयले वितरण गर्ने अनुदान रकम वास्तविक किसानसम्म पुग्न नसकेको, व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) लगायत विभिन्न आयोजनाबाट अनुदान रकममा ठूलो दुरुपयोग भएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको लगायतका गुनासोमाथि समितिले छानिविन गर्नेछ ।

कृषि मन्त्रालयले अघि सारेको ५८ बुँदे कार्ययोजनामा ‘संघीय सरकारबाट सञ्चालन भइरहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि, पशुपन्छी क्षेत्रबाट सञ्चालिन अन्य परियोजना तथा कार्यक्रमका दस्तावेजहरुको पुनःपरिभाषित गरी परिमार्जन गरिने’ उल्लेख थियो ।

समितिलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यविधि लगायत हालसम्म मन्त्रालय अन्तर्गत रहेका कार्यविधि कार्यन्वयनको अवस्था यसको प्रभावकारिता र सुधार, विगत ५ वर्षदेखि मन्त्रालय अन्तर्गतका विभिन्न परियोजनाबाट उपलब्ध गराइएका अनुदान रकम विवरण, अनुदान रकम वितरणका क्षेत्र, अनुदान लिएका व्यक्ति, संस्था लगायतसँग अनुदानको प्रभावकारिता समीक्षा र सुधारका विषयमा सुझाव दिन कार्यादेश तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment