Comments Add Comment

ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्यामा शतक

कालाबन्जरमा शाखारहित बैंकिङ सेवा सुरु


२६ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवाको संख्या शतक पुगेको छ । सोमबार एक समारोहका बीच बैंकले सुनसरी जिल्लाको बराह नगरपालिका – ५, कालाबन्जरमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेसँगै शाखारहित बैंकिङ सेवा शतक पुगेको हो ।

सुनसरी जिल्लाको बराह नगरपालिका–५, कालाबन्जकी १०५ वर्षीया जेष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आईएमई बैंक लिमिटेडका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबद्र्धन, मिडिया एवं ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उदघाटन गरे ।

बैंकले मिति ०६९ असार २० गते बर्दिया जिल्लाको मैनापोखरीमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेर सेवा सुरुवात गरेको थियो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले गाउँमै स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अस्ट्रेलिया, बेलायत र भारतलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment