1. ताजा अपडेट
Comments Add Comment
सच्चा नेपाली
२०७५ असार २७ गते २३:३९
डा गाेबिन्द केसीको माग जायज हाेलान तर उनका मागकाे समर्थनमा सीके राउतकाे प्रवक्ता, नेपाली माथिको चरम अन्यायकाे प्रतिक भारतीय नाकाबन्दीकाे समर्थक अनि भक्तपुरका जनताबाट अस्वीकृतहरुलाई अनुनय गर्दा केसीको मागले कति सामाजिक ग्राह्यता पाउलान नागरिक समाजका स्वघाेषित हगुवाहरुलाइ जानकारी नै हाेला !
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७५ असार २७ गते २१:४७
Let's see how this nitwit government will response on "expert's" advice.

डा. केसीका समर्थकले दमननाथलाई भने-सरकारलाई सम्झाइदिनुस्

२७ असार, काठमाडौं । डा. गोविन्द केसीका समर्थकहरुले नागरिक समाजका अगुवा दमननाथ ढुंगानालाई भेटेर सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।

अधिवक्ता डा. सुरेन्द्र भण्डारी, चरण प्रसाइँ लगायतले बुधबार अपराहृन ढुंगानासँगै प्रा. वीरेन्द्र मिश्रलाई संयुक्त रुपमा भेटेर आमरण अनसनरत गंगामाया अधिकारी र डा. गोविन्द केसीको अवस्थाबारे जानकारी गराएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशलाई सबैले स्वीकार गरेको भन्दै उनीहरुले त्यसलाई नै विधेयकमा रुपमा ल्याउन सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।

अनसनरत गंगामायाको अवस्था पनि निकै गम्भीर भएको भन्दै उनीहरुले विगतको सहमति अनुसार रेडकर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । ‘यसका लागि तपाईहरुले सरकारलाई सम्झाइदिनुस् भनेर आग्रह गरेका छौं’ डा. भण्डारीले भने, ‘हाम्रो गल्ती छ भने हामीलाई पनि सम्झाइदिनुस् ।’

भेटमा नागरिक अगुवाद्धय ढंगाना र मिश्रले आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन् ।

यसैबीच विभिन्न पेशागत संघसंस्थाले डा. केसी र अधिकारीको अनसन तथा निषेधाज्ञाविरुद्ध ऐक्यवद्धता जनाउन शनिबार विशाल प्रदर्शन गर्ने भएका छन् ।

उनीहरूले सरकार संवादका माध्यमबाट सत्याग्रहीका मागहरु सम्वोधन गर्नुको सट्टा परिस्थितिलाई थप जटिल बनाउने तर्फ उन्मुख  रहेको भन्दै यस्तो कार्यले सत्याग्रहीको जीवन जोखिममा पारेको, नागरिक स्वतन्त्रतामा अंकुस लगाएको, चिकित्सा क्षेत्रको सुधार र अपराध पीडितको न्यायको उपेक्षा गरेको जिकिर गरेका छन् ।

तत्काल संवादको माध्यमबाट सत्याग्रहीका मागहरु सम्बोधन गर्न सरकारसमक्ष उनीहरूले अपील समेत गरेका छन् ।

साथै, सरकारले आम नागरिकका विरोधका आवाजहरु बन्द गर्नका लागि माइतीघर मण्डला लगायत देशभरका विभिन्न क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको उनीहरूको अारोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment