Comments Add Comment

एक वर्षमा सिटिजन्स बैंकको १८ शाखा थपिए, आइतबारमात्रै ४ शाखा उद्घाटन

३१ असार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षभित्रमा १८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सबै स्थानीय तहमा शाखा खोल्ने सरकारी योजनालाई साथ दिदै बैंकले एक वर्षमा १८ नयाँ शाखा विस्तार गरेको हो ।

बैंकले आइतबारमात्रै ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक समारोहकाबीच प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युरको माध्यमबाट एकसाथ ति नयाँ शाखाहरु उद्घाटन गरे ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीले आइतबार प्यूठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी शाखाको उद्घाटन गरेका हुन् ।

यसअघि बैंकले नवलपरासीको भूमह, मिकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलाको माङसेबुङ, सोलुखुम्बुको लिखुपिके, रामेछापको सुनापती, काभ्रेको तिमाल, सिन्धुलीको हिरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमी र दाङको बंगलाचुली गरी १४ वटा शाखा सञ्चालनमा ल्याएको थियो ।

शाखा उद्घाटन गर्दै बैंकका सीईओ भण्डारीले निकट भविष्यमा नै थप ३ नयाँ शाखा खोलिने जानकारी दिए । उनका अनुसार बैंकले कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा शाखा खोल्ने तयारी गरेको छ ।

बैंकको हाल ७८ वटा शाखा सञ्जाल, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब ३ लाख ५० हजार सेवाग्राहीलाई सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment