Comments Add Comment

बाढी र डुबानबाट मृत्युपछि पर्सामा विपद् पूर्वतयारी बैठक

उद्दार र राहतका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई निर्देशन


४ साउन, वीरगञ्ज । विपद्पूर्व पूर्वतयारीका योजनाहरु बनाउने गरिन्छ । तर अविरल वर्षापछिको बाढीले तीन जनाको ज्यान लिनुको साथै सयौं घर डुबाएपछि पर्सामा सरोकारवालाहरु तातेका छन् ।

केहीदिन अघि आएको बाढीले वीरगञ्ज महानगरकै कतिपय स्थान डुबानमा परेको थियो भने पर्सागढी नगरपालिकामा फन्टी खोलाले बगाउँदा दुई जनाको ज्यान गएको थियो । गत असार २० गते वीरगञ्ज २४ रामगढवामा उस्तै अप्रिय घटना भयो । खाल्डोमा डुबेर ७ वर्षीय आलोक यादवको प्राण गयो ।

सतर्कता समयमै अपनाइएको भए पर्सामा मानवीय तथा भौतिक क्षतिको अवस्था झेल्नुपर्ने थिएन । तर विपद् पूर्व तयारीका लागि जिल्ला विपद् व्यवस्थापन समिति पर्साको बैठक मरेपछि औषधि भन्ने उक्ति चरितार्थ गर्दै बसेको छ । बैठकले विपद आउनु अघि नै राहत र उद्दारका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिको आज बसेको बैठकले विभिन्न सरोकारावाला निकायलाई विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

पर्सा जिल्लामा पनि बाढीको जोखिम रहेकोले वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखालगायतका सरोकारावाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment