Comments Add Comment

अवार्ड विजेता नन्दु र रेखाको युगल गीत ‘काे हाै तिमि काे हाै ‘ सार्वजनिक

युएई / यूएईको राजधानी अबुधाबीमा सम्पन्न दोश्रो म्युजिक भिडियो अवार्डमा यूएईमा उत्कृष्ट गायक र गायिकाको अवार्ड चुमेका नन्दु राई र रेखा घिमिरेको युगल गीत सार्वजनिक भएको छ ।

यूएईतर्फ सातवटा विधामा अवार्ड वितरण गरिएकोमा राई र घिमिरेले उत्कृष्ट गायकगायिकाको अवार्ड हात पार्दै युएईमै युगल गीत रेकर्ड गर्ने अवसर पुरस्कार स्वरुप पाएका थिए ।

दुबईमा रेकर्डिङ भएको ‘को हौ तिमी को हौ’ गीतको भिडियोको छायांकन भने गायकगायिकाको आग्रहमा काठमाडौंमा गरिएको हो ।

संगीक्षा फिल्म प्रालि र नमस्ते ट्राभल दुबईको संयोजनमा गत वर्षको डिसेम्बरमा आयोजित म्युजिक भिडियो अवार्ड कार्यक्रममा नेपाली म्युजिक भिडियो क्षेत्रका करिब १९ विधामा अवार्ड वितरण गरिएको थियो ।

यसको भिडियोमा युएईमै श्रमरत नेपाली कलाकार कुशल बुचाले अभिनय गरेका छन् भने उनलाई साथ दिएकी छन् श्रृटि खडकाले ।

यो गीतको कोरियोग्राफी रोहित बस्नेत र रोसेल थापाले गरेका हुन । निकै लामो मिहिनेत, समय र तयारीपछि बजारमा आएको यो गीत दोश्रो म्युजिक भिडियो अवार्ड–२०१७ मा उत्कृष्ट गायक र गायिकाले आयोजकको तर्फबाट उपहार स्वरुप पाएका हुन् ।

यो भिडियोको निर्देशन रोहितबिक्रम कार्कीले गरेका छन्, जो सोही अवार्ड कार्यक्रममा उत्कृष्ट छायांकार विधामा पुरस्कृत भएका थिए ।

गायक राईकै शब्द रचना र संगीत रहेको यस गीतको एरेन्ज मोहित मुनालले गरेका हुन ।

मिक्सिङ किरण श्रेष्ठले गरेको यो गीतको रेकर्ड दुबईको करामास्थित स्टुडियो नाइनमा गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा करिब १ दसक यूएईमा रहेका गायक राई यसै वर्ष काठमाडौंमा बसी नेपाली संगीतको क्षेत्रमा क्रियाशील छन् ।

धनकुटाको भेडेटारमा जन्मिएका नन्दु राई संघर्षशील युवा गायक तथा संगीतकार पनि हुन् ।

यसअघि ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान, आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा, झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ आइ लभ यु’ चरम चरम काँक्री’ बोलका गीतहरु सार्वजनिक गरिसकेका छन् ।

मोरङ घर भएकी गायिका रेखा घिमिरे युएईको नेपाली सांगीतिक क्षेत्रमा सुपरिचित छिन ।

रेखा नामको एल्बम सार्वजनिक गरिसकेकी गायिका घिमिरेले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युूईकी अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment